मामा भानजाले १ सय करोडको लगानीमा अन्तरष्ट्रिय स्तरको औषधी उधोग सञ्चालन

विराटनगर, वैशाख १६ गते ।
विराटनगरका दुई जना व्यापारी मिलेर मोरङको वुढीगंगा गाँउपालिका वडा नम्वर २ स्थ्ति वाईपास रोडमा १ सय करोड रुपैयाँ लगानीमा एलेक्क्षा लाईफ साइन्सेज प्रा.लि. नामक अनतराष्ट्रिय स्तरको उच्च गुणस्तरीय औषधी उधोग सञ्चालनमा आएको छ । उतm उधोगका सञ्चालकहरु विराटनगर निवासी दिनेश ठाकुर र अर्का सञ्चालक रंजित भगतको लगानीमा उधोग संचालनमा आएको सञ्चालक दिनेश ठाकुरले जानकारी गराएका छन । उतm उधोगमा सलायिन पानी उत्पादन हुदै आएको छ । पछिलो समयमा मुखवाट खाने औषधी समेत उत्पादन गर्ने कुरा सञ्चालक ठाकुरले जानकारी गराए । उतm उधोगमा पहिलो चरणमा ७५ करोड रुपैयाँ लगानी भइसकेको र पुर्ण रुपले सञ्चालन हुन थप २५ करोड रुपैयाको आवश्यक पर्ने ठाकुरले वताए । एभरेष्ट वैंक लिमिटेड दुहवी शाखाले ६० करोड लगानी लागाउने छ जसमा वैंकले हालसम्म ४५ करोड भुकतानी गरिसकेको अवस्था छ ।

सञ्चालक दिनेश ठाकुर भन्छन गुणसतरीय तथा सुरक्षित औषधी प्रयोग गर्न पाउनु प्रत्येकनेपालीको मौलिक अधिकार हो । त्यसैले औषधीको गुणस्तरीयतामा कुनै सम्झोता नगर्ने प्रतिवधता जाहेर गरेका छन । यस्तोनेपालमा सलायीनपनीको उधोग एकमात्र विरगन्जमा रहेको छ । नेपालको ओषधीप्रति जनताको खासै विश्वास नगर्ने भएकोले गुणस्तरमा कुनै समझोत नगर्ने ठाकुरले वताए । नेपालमा वर्षेनी ६० अर्व वरावरको औषधी नेपालमा खपत छ । त्यस मध्ये ६० प्रतिसत औषधी विदेशी कम्पनीको औषधी नेपालमा खपत हुदै आएको छ । नेपालमा १ सय भन्दा वढी कम्पनीहरु नेपालको औषधी वयवस्था विभागमा दर्ता रहेपनी ७५ वटा कमपनी सञ्चालनमा रहेको छ । तिनिहरुको अवस्था नाजुकै रहेको छ तर २० देखि २५ वटा कम्पनीहरुमात्र ठिकठाक रहेको कुरा सञ्चालक ठाकुरले वताए ।नेपाला नेपाली उत्पादनको औषधी २४ अर्वको खपत हुने गरेको छ भने भारतीय कम्पनीको औषधी ३६ अर्व मुल्य वरावरको औषधी नेपालमावर्षेनी खपत रहेको छ ।

१०० करोड लगानी गर्ने मानिस को हुन
विराटनगरको आसपासमा १०० करोड अ‍ैषधी उधोगमा लगानी गर्ने एक सधारण घरपरिवारका मानिस हुन । उहाको नाम दिनेश ठाकुर स्वर्णकार हो । उहा २०३२ साल मोरङको कानेपोखरी गााउपालिका साविक वयरवन हरकपुरको एक सामान्य परिवारमा जन्मेका हुन । ठाकुर अफनै जन्मेको गाउँ वाल माध्यमिक विधालय हरकपुर वाट २०४८ साला एसएलसी पास गर्नु भएको थियो । उहा सामान्य किसानका छोरा भएकोले उहालाई घरपरिवारले आएसी सम्म जसोतसो पढाए । विएसी सम्मको पढाई ठाकुरले वालवालिकालाई २०५२ सालसम्म टिउसन पढाएर आफनो पढाई पुरा गर्नु भयो । त्यपछी निजी विधालयमा पढाउनु भयो । २०५४ सालमा भारतको एक कमपनीमा एम ार को जागिर पाउनु भयो ।

त्यस पछि उहा मेडिकल क्षेत्रमा प्रवेश गर्नु भयो । उहाले सोही क्षेत्रमा काम गर्दा गर्दै डि फार्मेसी तथा एम एस सी सम्मको अध्यन पुरा गर्नु भयो । २०६६ एमआर तथा मेनेजर भएर काम गर्ने मोका पाउनु भयो । त्यसपछी उहाले उतm एमआरको जागीर छेडेर आफु संग रहेको रकम विभिनन क्षेत्रमा लगनी गर्नु भयो । यसरी उहाले नस्ता पसल ,पेट्रोल पम्प , क्लिनिक , फार्मेसी हस्पिटल तथा सलायीन पानीको आयात गर्न सफल हुनु भयो । यतिवेला उहाले १०० करोड लगानीमा सलायी पानीको उधोग सञ्चालनमा ल्याउनु भयो । उतm कम्पनीमा मामा भानजाको लगानी रहेको छ । उधेग यहि २०८२ साल साउन देखि सञ्चालनमा आउनेभएको छ ।