विराटनगर,वैसाख १७ गते ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा वैशाख १० गतेबाट संचालन भएको ७ कार्य दिन अवधिको बाढी तथा ढुवान उद्दार अनुशिक्षण तालिम प्रथम समुहको निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यतामा समापन भएको छ । वैशाख १७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा भएको तालिम समापन कार्यक्रममा निर्देशन सम्वोधनको क्रममा प्रहरी वरिष्ठ उपरीक्षक दाहालले बाढी तथा ढुवान उद्धार” अनुशिक्षण तालिमबाट सिकेका ज्ञान र शिपको उच्चतम प्रयोग गरी बिपदको समयमा नागरीकको जिउधनको सुरक्षा गर्न तथा प्रहरी स्वयम जोखिम रहित तरिकाले उद्दारकार्यमा खटिन प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भएको थियो ।

प्रहरी कर्मचारीहरुका लागी अति उपयोगी रहेको तालिमले नागरीको सुरक्षा तथा उद्दार पश्चात मात्रै तालिमले सार्थकता पाउने बताउदै दैनिक रुपमा चुस्त दुरुस्त भएर शारिरीक र मानशिक रुपमा तयारी भई बिपदको बखत नागरीकको पुकारलाई आत्मसाथ गर्दै आफ्नो जिम्मेवारी बाट बन्चित नभई मन बचन र कर्मले उद्दार कार्यमा खटिनु पर्ने बताउनु भयो । समापन कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक विकाश राईले तालिम सम्बन्धि प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक आ। हरी ढंगोल, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आन्तरिक तथा वाह्य प्रशिक्षकहरुद्वार अभ्यास र लागयतका बाढी तथा डुवान उद्दार कार्यका लागी बिभिन्न अभ्यासहरु गराईएको थियो ।