सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

 

विराटनगर, असार २ गते ।

इलाम र मोरङ जिल्लाको दुई स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । असार १ गते साँझ इलामको इलाम नगरपालिका–११ स्थितमा बिर्तामोडबाट मंगलबारे तर्फ किराना सामान बोकेर जादै गरेको प्र १–०१–००१ प ९७७८ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट करीब १ सय ५० मिटर तल खस्दा गाडीमा सवार झापाको खुदुनाबारी घर भई हाल इलामको देउमाई नगरपालिका ९ नवमी बजारमा व्यवसाय गरी बस्ने ३८ बर्षीय बिष्णु पराजुलीको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएको थियो भने निजकै ८ बर्षीया छोरी प्रेयन्सा पराजुली र गाडी चालक इलामको देउमाई ९ जितपुर का २२ बर्षीय आइत बहादुर लिम्बुको अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको छ ।

यसैगरी असार १ गते राती मोरङको ग्रामथान गाउँपालिका ५ तेतरीया स्थित घिनाघाट सडक खण्डमा को ३३ प ६८१६ नम्बरको मोटरसाईकल आफै अनिन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार ग्रामथान ४ का २२ बर्षीय सुरज सरदारको उपचारको क्रममा बिराट नर्सिङ होम अस्पताल विराटनगरमा मृत्यु भएको थियो भने मोटरसाईकल चालक सोही स्थानका २० बर्षीय दिवेश सरदार र पछाडी सवार १९ बर्षीय राजु उरावँको सोही अस्पतालमा उपचार भई रहेको छ ।