लागूऔषध गाँजा र ब्राउन सुगर सहित २ जना पक्राउ

 

विराटनगर, वैशाख २३ गते ।

सुनसरी र मोरङबाट लागूऔषध गाँजा र ब्राउन सुगर ओसार पसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २२ गते सुनसरीको धरान उपमहानगरपालिका ४ स्थितमा अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा बा। ४२ प ९८३६ नम्बरको मोटरसाईकल चालक धनकुटा चबिसे गाउँपालिका ३ का सुजन राईले बोकेको जेब्रा झोलामा १५ किलोग्राम गाँजा फेला परेकोले गाँजा सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले विराटनगर(१५ स्थितबाट बेलबारी नगरपालिका(४ का अनमोल राईलाई ब्राउनसुगर २ ग्राम ८४ मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।