लागूऔषध गाँजा सहित सिटी सफारी र चालक पक्राउ

 

सुनसरी, बैशाख १७ गते ।

सुनसरीको हरिनगर गाउँपालिका(३ स्थितबाट लागूऔषध गाँजा ओसर पसारमा संलग्न सिटी सफारी सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १६ गते प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले हरीनगर ३ गौतमपुर स्थितमा प्रदेश १ –०२–००४ ह १६४३ नम्वरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्ने क्रममा ४१ किलोग्राम गाँजा फेला पारेको हो । उक्त गाँजा बरामद भए संगै सिटी र चालक इनरुवा नगरपालिका ७ का ३० बर्षीय अमिर मियाँलाई प्रहरीले पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका मियाँको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।