प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका पक्राउ

झापा, वैशाख १८ गते ।

झापाको बाह्रदशी गाँउपालिका ५ स्थित बिक्रम बिकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका ३९ वर्षीय बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ गते मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरु बिक्री बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पसलमा चेकजाँचको क्रममा ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाईक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट बरामद गरेको हो । प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित पक्राउ परेकी उनको थप अनुसन्धान भईरहेको छ ।