मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

 

विराटनगर,वैशाख २६ गते ।

 

मोरङको ग्रामथान गाउँपालिकापा ६ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । वैशाख २५ गते दिउसो बिराटनगरबाट बिराट चौक तर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ११४० नम्वरको मोटरसाईकलले बाटो काट्दै गरेका मोरङ ग्रामथान गाँउपालिका ६ का ७० वर्षीय हेमराज गिरीलाई ठक्कर दिदा घाईते भएका गिरीलाई तत्काल उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको थियो । दुर्घटनामा संलग्न मोटरसाईकल चालक मोरङ कटहरी गाँउपालिका ७ का अनिस भगत लाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।