बिराटनग न्यायिक समितिमा सम्म  ३ सय ४० वटा विभिन्न प्रकृतिको मुद्दा परेको छ

 

न्यायिक इजलास
बिराटनगर.  महानगरपालिकाको न्यायिक समितिमा गत वर्षको भन्दा यस वर्ष मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८१र८२ बैशाख सम्म  ३ सय ४० वटा विभिन्न प्रकृतिको मुद्दा परेको छ। जस्मा ८१ वटा महिला हिंसा सम्बन्धि मुद्दा परेको हो। त्यसैगरी गत वर्ष जम्मा २ सय ३७ वटा मुद्दामा ५६ वटा महिला हिंसाको मुद्दा रहेको थियो।
महानगरपालिकाले पछिल्लो समय विभिन्न माध्यमबाट महिला हिंसा सम्बन्धि सचेतना फैलाउनुको साथै न्यायिक समितिमा आएको ब्यक्तिलाई न्याय संगै पुनर्स्थापना समेत गर्न थाले पछि मुद्दाको संख्या बढेको बिराटनगर महानगरपालिकाको न्यायिक समितिको संयोजक शिल्पा निराला कार्कीले बताउनु भयो। उहाँले महिला हिंसामा परेको महिलाहरुलाई बस्ने उचित ब्यवस्थापन गर्नुको साथै बिउपुजी सहित ब्यवसायी संचालन गर्न सुझाब दिने गरेकोले मुद्दा को संख्या बढेको बताउनु भयो।

संयोजक ,न्यायिक समिती बिराटनगर महानगरपालिका मोरङ
गत वर्ष जम्मा २ सय ३७ वटा मुद्दामा २०९ वटा मुद्दाको फैसला भएको थियो।जसमा धेरै आउने उजुरुमा जग्गा मिचेको सम्बन्धि ४७ वटा, महिला तथा घरेलु हिंसा सम्बन्धि ५६ वटा ,सार्वजनिक जग्गा बाटो सम्बन्धि ३६ वटा , लेनदेन सम्बन्धि ३९ वटा र झ्याल सम्बन्धि ११ वटा मुदा परेको थियो। यो वर्षमा कति मुद्दामा फैसला न
आएको कार्किले बताउनु भयो