स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

 

मोरङ, जेष्ठ ०४ गते ।

मोरङको विराटनगर महानगरपालिका ३ स्थितमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जेष्ठ ४ गते विहानको राती प्रदेश १–०२–०५०प ९७९६ नम्वरको स्कुटर अनियन्त्रीत भई दुर्घटना हुदा स्कुटर चालक बिराटनगर ८ का ५५ बर्षीय मो अब्दुल कलाम घाईते भई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा चेक जाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।