विराटनगर र कोशी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटना

 

विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार कार पूर्व जाँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कार कार एकआपसमा ठोक्किएर आज दिउँसो २ बजेतिर दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । कारमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।

दुर्घटना भएका बेला उक्त कार झापाको दमक नगरपालिका–१ का ४० वर्षीय भेषराज श्रेष्ठले चलाएका थिए । प्रहरीका अनुसार बा ५ च ३५३० नम्बरको कार झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले चलाएका थिए । उनी विराटनगरस्थित घरबाट कार्यक्षेत्र झापा फर्किदै गरेका बेला दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुवै कारमा सामान्य क्षति पुगेको र घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी जोशीले बताए । दुर्घटनाका कारण कुनै पनि मानवीय क्षति भने भएको छैन ।

सांसद मैया श्रेष्ठ लावती नेपाली काँग्रेसकी सांसद हुन । यस्तै राधाकृष्ण खनाल एमालेका सांसद हुन् । उनी झापा क्षेत्र नं ४ ९१०बाट निर्वाचित भएका हुन् । नम्बरलाल धिमाल झापाकै एमालेका समानुपातिक सांसद हुन् । सांसद बिध्या चाम्लिङ भने नेकपा एसको समानुपातिक सांसद हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।