
नेपाल प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालयले मंगलबार बढुवा सिफारिस गरेको जनाएको छ।
बढुवा सिफारिसमा सुदर्शन प्रसाद कोइरालासहित विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी लगायतका व्यक्तिहरु छन्।
प्रहरी नियमावलीअनुसार, गृह मन्त्रालयले सबै सम्बन्धित व्यक्तिका लागि सूचना प्रकाशित गरेको छ।
काठमाडौँ । नेपाल प्रहरीका ११ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको मंगलबार बसेको बैठकले एसएसपी सुदर्शन प्रसाद कोइरालासहित ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार नै प्रहरी नियमावलीअनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना समेत प्रकाशित गरिसकेको छ ।
सिफारिस हुनेमा कोइरालासहित विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री ९जीसी०, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेको बढुवा समितिका सदस्यसचिव दान बहादुर कार्कीले जानकारी दिए ।