
बिराटनगर, जेठ २२ गते ।
झापा र सुनसरीबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २१ गते झापाको मेचीनगर नगरपालिका ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भारत दार्जिलिङका २४ बर्षीय अभिजित सिंहलाई १३ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको अस्थायी प्रहरी चौकी रेल्बे धरानले धरान –१७ का २२ बर्षीय टाइटस कार्कीलाई प्रतिवन्धित औषधी ४ हजार ४१० ट्याब्लेट सहित उनकै घरबाट नियन्त्रणमा लिएको छ ।