लागू औषध सहित ६ जना पक्राउ

विराटनगर । सुनसरी र ताप्लेजुङबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ गते प्रहरी चौकी नरसिंहटप्पु सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईटहरी–१७ का २९ को अबिनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–६ बाट सोहि स्थानका २९ बर्षीय सन्तोष श्रेष्ठ र २९ बर्षीय जिवन बुढाथोकीलाई ९२ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले १९ किलोग्राम गाँजा सहित प्रदेश १–०२–०५१ प ४८२३ नम्बरको मोटरसाईकल चालक धनकुटा ९ का २१ बर्षीय लक्ष्मण माझीलाई बराहक्षेत्र १ बाट पक्राउ गरेको छ । त्यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका ७ घर भई हाल फुङलिङ ६ स्थित डेरा गरी बस्दै आएका २६ बर्षीय सुजन तामाङलाई ७ ग्राम ३० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित उनकै कोठाबाट र बेचबिखानमा संलग्न भारत दार्जलिङका २३ बर्षीय नितेन वर्मनलाई फुङलिङ २ बाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।