
मोरङ, असार ११ गते ।
मोरङको रंगेली नगरपालिका ८ दर्वेशा स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । असार १० गते दिउँसो खेत जोतेर बाटोमा निस्किदै गरेको प्रदेश १–०२–००३ त २८५६ नम्बरको ट्याक्टरले को ३९ प ३९३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक रंगेली–१ का ३२ बर्षीय केदार न्यौपानेलाई उपचारको लागी रंगेली अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो भने मोटरसाईकल पछाडि सवार ४१ बर्षीय राजन भट्टराईको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने ट्याक्टर र चालक रंगेली८ का ३० बर्षीय जिबन ताजपुरीयालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।