विराटनगर रानी भन्सार कार्यालयले एक वर्षमा ८७५ वटा मुद्धा दर्ता ५२७ फैसला

सत्यनारायण शर्मा
विराटनगर । विराटनगर रानी भन्सार कार्यालयले आर्थीक वर्ष २०८१ –२०८२ सालमा ८७५ वटा मुद्धा मुद्धा शाखामा दर्ता भई सोही आर्थीक वर्षमा ८४१ वटा मुद्धा निर्णय भएको भने ५२८ वटा मुद्धाको सरसामानको लिलाम भएको कुरा मुद्धाशाखाको प्रमुख सुमित गुप्ताले जानकारी दिनु भयो ।

विराटनगर भन्सार कार्यालयका कर्मचारीहरुले तस्करीको सरसामान समाएर वर्ष भरीमा २९ वटा मुद्धा दर्ता गरेरका छन । त्यसेगरी सशस्त्र प्रहरीले वर्ष भरमिा ५९ज्ञ वटा मुद्धा दर्ता गर्न भियाएका छन । नेपाल प्रहरीले वर्षभरीमा २५५ वटा मुद्धा दर्ता गरेका छन । विराटगरका कर्मचारलिे एक वर्षमा ११ लाख ७३ हजार मुल्य वरावरको तस्करीको सरसामान समाएर भन्सारमा दाखिला गरेका थिए । त्यसैगरी सशस्त्र प्रहरीले एक वर्षमा ४ करोड ९४ लाख ४२ हजार मुल्य वरावरको सरसामान समाएर भन्सार दाखिला गरेको थियो ।

नेपाल प्रहरीले आर्थीकवर्ष २०८१ –२०८२ सालमा २ करोड ६४ लाख १ हजार मुल्य वरावरको तस्करीको सरसामान समाएर भन्सार वुझाएका छन । जसमा विराटनगर रानी भन्सार कार्यालयले भन्सार कार्यालयका कर्मचारीले जम्मा २९ वटा मुद्धा दर्ता गरे पनि २४ वटा मुद्धाको सरसामान लिलाम हुदा ३ लाख ३५ हजार सरकारले राजश्व संकलन गर्न सफल भएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले जम्मा ५९१ वटा मुद्धा दर्ता गर्दा ३३६ वटा मुद्धाको सरसामान लिलाम हुदा राज्यले १ करोड २२ लाख ७९ हजार राजश्व संकलन गर्न सफल भएको छ । नेपाल प्रहरीले एक वर्षमा २५५ वटा मुद्धा दर्ता गर्दा १६८ वटा मुद्धाको सरसामान लिलाम गर्दा राज्यले ५२ लाख ४८ हजार राजश्व संकलन गर्न सफल भएको छ । यसरी लिलाम वाट जम्मा १ करोड ७८ लाख ६२ हजार राजश्व संकलन गर्न सफल भएको छ । यसरी भन्सार कार्यालय मुद्धा शाखाले एक वर्षमा ९६ प्रतिशत मुद्धा फर्छोट गरेको छ ।

 

अव ३४ वटा मुद्धा पर्छौट हुन वाँकी रहेकोले उतm मुद्धा आर्थीक वर्ष २०८२ –०८३ सालमा सरेको छ । गत वर्षको तुल्नामा यस वर्ष मुद्धा संख्या ४ सयले घटेको छ । गत वर्ष १२०० वटा मुद्धा दर्ता भएको थियो भने यस वर्ष ८७५ वटा मुद्धा मात्र दर्ता हुन आएको छ । गत वर्ष भन्दा यस वर्ष कम हुनुको मुख्य कारण सशस्त्र प्रहरीले वोडरमा डिउटी कडाइ गर्नुको साथै तस्करीहरुसंग मिलेर तस्करीको लाईन नदिएकै कारण मुद्धा संख्या घटेको भन्सार अधिकृत गुप्ताले वताए ।