प्रतिबन्धित लागूऔषध सहित ६ जना पक्राउ

विराटनगर, असोज २ गते ।
भोजपुर, सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १ गते भोजपुरको प्रहरी चौकी
हसनपुरबाट खटिएको प्रहरी टोलीले को ३७ प ४५७८ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा १२ किलोग्राम लागू औषध गाँजा बरामद भएकोले चालक
झापाको शिवसताक्षी नगरपालिका ७ का रुद्र बहादुर कामी, मोटरसाईकल पछाडि सवार उर्लावारी नगरपालिका ५ का संतोष विश्वकर्मा र झापाको कन्काई
नगरपालिका ४ का राजेश चौहानलाई नियन्त्रणमा लिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले चेकजाँचको क्रममा लगू औषध ब्राउनसुगर १ ग्राम ७४ मिलिग्राम र ट्रामाडोल ४ सय ४० क्याप्सुल सहित २ जना वालकलाई र इलाका प्रहरी कार्यालय रानीले विराटनगर १६ स्थितबाट उदयपुरको चौदण्डीगढी
नगरपालिका २ का शेर बहादुर खड्कालाई ९३ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।