५ सय ३८ किलोग्राम गाँजा बरामद

 

मोरङ, असोज ३ गते ।

जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका ८ स्थितबाट लागू औषध गाँजा बरामद गरेको छ । असोज २ गते राती प्रदेश १–०२००१ च १६६६ नम्बरको कार बाटोमा शंकास्पद अवस्थामा रहेको भन्ने जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोला बाट खटिएको प्रहरी टोलीले कारबाट १५ वटा बोरामा राखिएको ५ सय ३८ किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै चालक र कारोबारमा संलग्नहरुको खोजतलाश भई रहेको छ ।