भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

 

विराटनगर, असोज १२ गते ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई भदौ महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ ।

 

विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक कविन राईको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले भदौ २८ गते विराटनगर महानगरपालिका १५ स्थितबाट बन्दाकोपी बोकेको मे १ च ५८२६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको २ सय ६२ किलो ५८० ग्राम गाँजा सहित संलग्न ३ जना मानिसलाई नियन्त्रणमा लिन सफल भएको यसै गरी विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरूबाट चोरी भएको ११ थान, मोटरसाइकल थान, अटो टेम्पो ३ थान, सिटी रिक्सा १ थान, स्कुटर ४ थान, १२ भोल्टको ब्याट्री १४ थान, ३ थान, सोफा ४ थान, फ्रिज २ थान, १ थान, १ थान, २ थान र इन्डक्सन चुलो १ थान फेला पारी सम्बन्धित धनीलाई बुझाएको साथै विराटनगर महानगरपालिका १३ र १५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरोसँगको समन्वयमा ३ सय ३७ ग्राम लागू औषध ब्राउनसुगर सहित कारोबारमा संलग्न ३ जनालाई नियन्त्रणमा लिन सफल भएको हुँदा निज प्रहरी निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल भदौ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको हो ।