सुनसरी, कार्तिक ०५ गते ।
सुनसरीको दुई स्थानहरुबाट कार्तिक ४ गते प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरी टोलीले देश भारत सुपौलका २० बर्षिय नवि हुसेन र सप्तरीका १९ बर्षीय मोहमद खुसिदलाई ब्राउन सुगर ५ सय ३० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको प्रहरी टोलीले प्र १–०२००३ ह ८७०५ नम्बरको सिटि रिक्सामा ४ वटा बोरामा राखेर लैजादै गरेको १ सय २० किलोग्राम गाँजा सहित देश भारत सुपौलका २० बर्षीय मोहमद ईम्तियाज पक्राउ परेका हुन् । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।