विराटनगर, कार्तिक १८ गते ।
मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १७ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १५ स्थितबाट लागू औषध ट्रामाडोल २१० क्याप्सुल र नगद १ लाख ३० हजार रुपैँया सहित बेचबिखानमा संलग्न सोही स्थानका लक्ष्मण परियार, सन्दिप राई र सन्देश गुरुङ समेतलाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी प्रहरी चौकी बाहुनी मोरङले बेलबारी नगरपालिका ७ बाट बेलबारी ६ का जिवन सरदारलाई ट्रामाडोल र डाईक्लोमाईन गरी ५५ ट्याप्लेट सहित पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका ७ स्थितबाट बेवारिसे अबस्थामा १२२ एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरेको हो । बरामद भएको लागू औषध र पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।