लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

 

विराटनगर, कार्तिक १८ गते ।

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १७ गते झापाको मेचीनगर नगरपालिका ६ बाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले नुवाकोटका २७ बर्षीय राम बहादुर तामाङलाई १७ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको कोशी गाउँपालिका १ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीले धादिङका ३० बर्षीय बिष्णु अधिकारीलाई ९ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने लागू औषध नियन्त्रण ब्युरो बिराटनगरले मोरङको केराबारी गाउँपालिका ८ का १९ बर्षीय आशिष श्रेष्ठलाई ३ ग्राम १८ मिलिग्राम सहित बिराटनगर १५ बाट नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।