सुनसरी, मंसिर २८ गते ।
सुनसरीको कोशी गाउँपालिका ८ स्थितबाट ३ सय ७७ किलोग्राम र इनरुवा नगरपालिका ३ स्थतिबाट १० किलोग्राम गाँजा प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ । मंसिर २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका ८ स्थितमा ११ वटा बोरामा रहेको ३ सय ७७ किलो ग्राम गाँजा, इनरुवा नगरपालिका ३ स्थितबाट १० किलोग्राम गाँजा र २ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउनसुगर बेवारिसे अवस्थामा बरामद गरेको छ । लागुऔषध गाँजा र ब्राउन सुगर बरामद भए संगै ओसार पोसारमा संलग्न व्यत्तिहरुको खोजी कार्य भईरहेको छ ।