विराटनगर । विराटनगरका वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघ मोरङका पूर्व सचिव गोकुल पराजुलीका पिता माधवप्रसाद पराजुलीको ९१ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि मुटु तथा दमसम्बन्धी रोगबाट पीडित रहँदै आएका पराजुलीको आइतबार साँझ विराटनगरस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
स्वर्गीय माधवप्रसाद पराजुलीका एक छोरा र दुई छोरी रहेका छन्। उनको सोमबार बिहान विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको थियो।
उनको निधनप्रति पत्रकारिता क्षेत्रका साथै सामाजिक, राजनीतिक तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरूले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।