प्रचारप्रसार खर्च बैंकबाटै गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई प्रचारप्रसारको आम्दानी–खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्न निर्देशन दिएको छ। खर्चलाई पारदर्शी र व्यवस्थित बनाउन ‘निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ लागू गरिएको आयोगले जनाएको छ।