काठमाडौँ । प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी बाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो।
उनलाई काठमाडौँको नारायणचौर नक्साल बाट पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकृतले रातोपाटीलाई बताए। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन्।
हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भित्री कारोबार गरेको विषयमा नेपाल धितोपत्र बोर्ड सेबोन आवश्यक अनुसन्धानका लागि सिफारिस गरेसँगै उनलाई पक्राउ गरिएको ती अधिकृतले बताए।
हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छालाई काठमाडौं जिल्ला अदालतबाट आजै पक्राउ अनुमति लिएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टको व्यावसायिक कारोबारमा उनको संलग्नता देखिएको थियो।




