
विराटनगर चैत्र ६ गते वुधवार । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमाको स्वीयु निवार्चन सम्पन्न भएको २४ घण्टा वितिसक्दा पनि वुधवारवेलका अवेर सम्म नतिजा आउन सकेको छैन । निवार्चन चैत्र ५ गते समपनन् भएको केही घण्टा पछि मत गन्ना सुरुगरेको थियो । महेन्द्र मोरङ आर्दश वहुमुखि क्यामपसमा जारी मतगणना केहीबेरका लागि वुधवार वेलका स्थगित भएको छ । नेपाल विद्यार्थी संघले मतगरणा स्थगित हुनुपर्ने माग राख्दै केहीबेरका लागि स्थगित भएको हो ।
नेविसंघका प्रतिनिधीहरु नभएको मौकामा मतगणना गरेको भन्दै नेविसंघका प्रतिनिधीहरुले पुन मतगणना हुनुपर्ने भन्दै मतगणना स्थगित हुनुपर्ने माग राखेका छन् । यता निर्वाचन अनुगनमन तथा आचार सहिता समिति सदस्य मोहन सुवेदीका अनुसार ठुलो विवाद नभएर सामान्य रहेको जनाएका छन् । मतगरण स्थलमा लामो समयदेखी एउटै व्यक्ति खटिएकाले आलोपालो गर्ने क्रममा सामान्य विवाद भएको सुवेदीले वताए । उनका अनुसार अहिले सर्वदलिय बैठक बसिरहेको छ, हाम्रो चाहाना पनि भयरहित र शान्तिपुर्ण रुपमा मतगणना हुनुपर्छ भन्ने हो । चैत्र ५ गते २६३१ मत खसेको थियो । यता विद्यार्थीहरुले भने २४ घन्टा सम्म पनि मतगणना सम्पन्न नभएको भन्दै निर्वाचन समितिले ढिलो गरेको आरोप लगाएका छन् । समानुपातिक तर्फ मतगणना सकिएकाले अब त्यही बुथमा प्रत्यक्ष तर्फको मतपेटीका राखेर मतगणना गरिने सुवेदीले जानकारी दिए।