स्कारपियो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु ६ जना घाईते

उदयपुर, बैशाख ।
उदयपुरको कटारी नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मे।१ च ३०४० नम्वरको स्कारपियो गाडी दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन । वैशाख १८ गते अपरान्ह चितवनबाट झापा तर्फ जादै गरेको स्कारपियो गाडी आफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको बेरियरमा ठक्कर लागी दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका उनिहरुलाई तत्काल प्रहरीले उद्दार गरी उपचारको लागी कटारी अस्पताल लगेकोमा अस्पताल पुर्‍याउनासाथ झापा दमक नगरपालिका ३ का ५५ बर्षीय माधब बस्नेतको मृत्यु भएको थियो । गाडी चालक दमक ९ का ३८ बर्षीय देबेन्द्र तामाङलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ भने घाईते भएका दमक १० का ४९ बर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक(१ का ४५ बर्षीय ज्ञानेन्द्र गौतम, दमक ६ का ५४ बर्षीय कमल श्रेष्ठ, दमक २ का ३८ बर्षीय नबिन खतिवडा र गौरादह नगरपालिका १ का ५४ बर्षीय भुवन दाहाललाई थप उपचारको लागी न्यूरो अस्पताल बिराटनगर पठाईएको छ ।