
सुनसरी, असार ३ गते ।
सुनसरीको धरान उप महानगरपालिका १३ र इटहरी उप महानगरपालिका २० स्थितबाट ४ हजार २ सय ३० किलोग्राम लागू औषध गाँजा बोकेको २ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । असार २ गते धरान १३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरान तर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १–०२–००२ ख ०८४८ नम्वरको ट्रकमा चेकजाँचको क्रममा ७० वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको २ हजार १ सय ३० किलोग्राम गाँजा बरामद गरेको हो ।
यसै गरी असार ३ गते इटहरी २० स्थित तरहरा जंगल नजिकै कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा ना ५ ख ६११६ नम्वरको ट्कमा ७० वटा प्लास्टिकको वोरामा प्याक गरी माथिबाट बन्दाकोवी र आलुको बोराले छोपी ल्याउदै गरेको अवस्थामा २ हजार १ सय किलोग्राम गाँजा बरामद गरेको हो । लागू औषध गाँजा बरामद भएसंगै ट्रक चालक धनकुटा शहिदभुमी गाउँपालिका ६ का राजेन्द्र राई सहित सोही स्थानका सुनिल राई र बराहक्षेत्र ९ का सुमन राईलाई नियन्त्रणमा लिईएको छ । चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ६ स्थितबाट इलाका प्रहरी कार्यालय भेडेटारले पाख्रिवास नगरपालिका ८ का नारायण प्रसाद राईलाई ९ किलो ९०० ग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।