
सुनसरी, असार १४ गते ।
सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १३ गते लागू औषध नियन्त्रण ब्यूरो
विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बिभिन्न स्थानहरुबाट चेकजाँचको क्रममा २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखानमा संलग्न धरान ११ का १९ को सुअन तामाङ र २७ बर्षीय मिसन राई, धरान( १५ का ३२ बर्षीय रोमन शाही, २५ बर्षीय अरुण मण्डल, ३० बर्षीय सागर तामाङ र ३१ बर्षीय प्रस्ताव राई र ओसार पोसारमा प्रयोग भएका २ थान सवारी साधान सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय भण्टाबारीले सप्तरी हनुमान नगरका २४ बर्षीय आकाश मण्डललाई कोशी गाउँपालिका ८ बाट २ ग्राम ५०मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।