“प्रहरी हो भनि शरिर बन्धक बनाई डाका गर्ने मानिसहरु पक्राउ”

मिति २०८२।०३।११ गते विहान ११स्१५ बजेजिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं १५ बस्ने बर्ष २० को बिक्रम कुमार साह तेलीले बैंकमा रकम मौज्दात गर्न भनि रु ३,६४,०००र तीन लाख चौसठ्ठी हजार लिई सिटीमाचढी बैंक तर्फ आँउदै गर्दा ऐ .ऐ. १३ रानी स्थित राईस मिल छेउमा पुग्दा रातो स्कुटरमा सवार रहेका ३ जना अपरिचित मानिसहरुले उक्त सिटी सफारी रोकि निजलाई हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ भनि सो स्कुटरको बिचमा जबरजस्ती राखी नियन्त्रणमा लिई २ जनाले निजलाई विराटनगर महानगरपालिका वडा नं। १४ जतुवा स्थित एकान्त स्थलमा पुर्‍याईडरत्रास देखाई निजसंग साथमा रहेको उक्त रकम डाका गरी लिई फरार भएको भन्ने पीडितको निवेदनका आधारमा सो डाका गर्ने समुहकोखोजतलास गर्ने क्रममामिति २०८२।०३।१५ गतेसो वारदातमा प्रयोग भएको को १४ प ३३३० नम्बरको स्कुटर सहित निम्न विवरणका मानिसहरु समिर हुसेन र आशिफ अन्सारी समेतलाई पक्राउ गरीपीडितबाट सनाखत समेत गराई शरिर बन्धक बनाई डाका गरेको कसुर मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान कार्य भईरहेको । पक्राउ परेका मानिसहरुको विवरणः अली हुसेनको छोरा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा न ८ बस्ने बर्ष २४ को समिर हुसेन । सुल्तान अन्सारीको छोरा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।
६ बस्ने बर्ष २७ को आशिफ अन्सारी