श्रावण महिनामा भारतवाट २८ सय पर्यटक जोगवनी नाकावाट नेपाल प्रवेष

विराटनगर । श्रावण महिनामा जोगवनी नाकावाट २ हजार ८ सय ७९ जना भारतीय पर्यटक नेपाल भित्रेका छन । जसमा वृद्ध ५८ जना , वृद्धा १५ जना , पुरुष २ हजार ३ सय १८ जना,महिला ३ सय १९ जना,वालक ९५ जना र वालिका ७४ जना भारतीय पर्यटक श्रावण महिनामा जोगवनी नाकवाट प्रवेष गरेका छन ।

यसरी सवै महिला पुरुष वालवालिका वृद्ध , वृद्धा सवै गरेर २ हजार ८ सय ७९ जना भित्रैका छन । त्यसैगरी सवारी साधनको हकमा वस ११ वटा , कार जिप १ हजार १ सय ८६ वटा ,अन्य ६ वटा गरि जम्मा १ हजार २ सय ३ वटा सवारी साधन श्रावण महिनामा जोगवनी काना भएर नेपाल प्रवेष गरेको छ । यसरी भारतीय पर्यटक नेपाल प्रवेष गर्दा श्रवण महिनामा वसवाट १६ हजार ५ सय ,कार जिपवाट ५ लाख ९३ हजार राजश्व संकलन भएको छ । त्यसैगरी अन्य सवारी साधनवाट १ हजार २ सय रुपैयाँ राजश्व संकलन भएको कुरा एकीकृत सेवा केन्द्र , रानीका कोशी प्रदेश प्रहरी पर्यटन सवारी सुरक्ष जाँच केन्द्रका प्रहरी जिवन चौधरीले जानकारी गराएको छ ।