
विराटनगर, भदौ १८ गते ।
झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका ४ स्थितबाट इनरुवा ८ का दशरथ खवासलाई ३ ग्राम ४६ मिलिग्राम ब्राउन सुगर सहित र कोशी गाउँपालिका १ बाट उदयपुर बेलका ५ का बिरधन तामाङलाई २ ग्राम ४२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यस्तै झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अर्जुनधारा नगरपालिका ११ का मुलुक मुण्डालाई १ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरी, मोरङ र उदयपुरबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ १७ गते सुनसरीको प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी टोलीले धरान ६ का ओम बहादुर भुजेल र शीर्षक राईलाई ८ सय ८० ट्याब्लेट प्रतिवन्धित औषधी ट्रामाडोल र डिकोलिक सहित र प्रहरी चौकी लालपत्ता उदयपुरले त्रियुगा नगरपालिका १० का डेनिल बस्नेतलाई प्रतिवन्धित औषधी २०७ एम्पुल सहित पक्राउ गरेको छ ।
यसै गरी मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले सुनवर्षी नगरपालिका ९ स्थित भित्रि सडक खण्डमा नम्बरको भारतीय मोटरसाईकलबाट ट्रामाडोल १७ हजार ९ सय ४० ट्याब्लेट बरामद गरेको छ भने ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजी कार्य गरिरहेको छ ।