चैत्र २० गते ९ सय सहकारी संघ रसंस्थाका हजारौं सहकारीकर्मीहरु विराटनगरमा आउने

 

विराटनगर चैत्र १४ गते । यस बर्षको राष्ट्रिय सहकारी दिवसको मूल कार्यक्रम विराटनगर‌मा गर्ने तय भएकोछ । चैत्र २० गते हुने उक्त कार्यक्रम कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने जनाईएको छ ।

कार्यक्रमलाई भव्य बनाउन जिल्ला सहकारी संघ लि मोरङका अध्यक्ष डा .डिल्ली पोखरेलको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको जिल्ला बचत तव्या ऋण सहकारी संघका अध्यक्ष प्रेमप्रकाश कोईरालाले बताए । त्यसैगरी कार्यक्रमलाई व्यवस्थित बनाउन १२ वटा विभिन्न उपसमितिहरु गठन गरिएका छन्।

विजयहरी खतिवडाको संयोजकत्वमा प्रचार प्रसार, जितेन्द्र झाको संयोजकत्वमा स्वास्थय उपसमिति, झाकि व्यवस्थापन विजयकुमार माझी , दिप प्रजवलन सीता लामिछाने, हलमंचमा राकेश दाहाल र खानेपानी उपसमितिको संयोजकमा नारायण ढकाल रहेका छन्। त्यसैगरी पार्वता बराल, स्वागत सत्कार, गोपाल धिताल , पार्किङ व्यवस्थापन, गोबिन्द निरौला , ¥याली व्यवस्थापन, ई। कमलेश्वर ठाकुर , स्वयम सेवक व्यवस्थापन र अमृत गुरुङ आर्थिक व्यवस्थापन उप समितिको संयोजक रहेका छन् ।
कार्यकम अनुसार चैत्र १८ गते सांझ ४ बजेदेखि पुस्पलाल चौकबाट बृहत मोटर साईकल र्याली र चैत्र १९ गते सांझ ६ बजे महेन्द्र चौकमा दिप प्रजवलन कार्यक्रम राखिएको छ ।

प्रचार उपसमितिका सह संयोजक अविनाश निधिका अनुसार चैत्र २० गतेको कार्यक्रममा सहभागी हुन मोरङ जिल्लामा रहेर करीब ९ सय सहकारी संघ रसंस्थाका हजारौं सहकारीकर्मीहरु विराटनगरमा आउनेछन् । हिजो सम्पन्न विभिन्न उपसमितिहरु सहितको बैठकले कार्यक्रम तयारी सम्वन्धि आवश्यक निर्णय गरेको कुरा जिल्ला वहुउद्देश््यिय सहकारी संघ लि। मोरंङका अध्यक्ष माधव अधिकारीले बताए।