
सुनसरी,बैशाख २० गते ।
सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित तथा नियन्त्रित औषधि सहित ६ जानालाई प्रहरीले पक्राउ गरेको छ। वैशाख १९ गते राति पौने १२ बजे धरान उप महानगरपालिका १ शितल मार्ग स्थितमा डेरा गरी बस्ने मानिसहरुले लागु औषध करोवार गरी रहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले ६ जनालाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेहरुमा भोजपरका ३० वर्षीय सुजन श्रेष्ठ, १७ वर्षीय अंगत श्रेष्ठ, ३१ वर्षीय सागर राईलाई कोठा भित्र लुकाई छुपाई राखेको प्रतिबन्धित औषधी ट्रामाडोल, कोलिवान, स्पास्पेन, डिकोलिक, गरी १० हजार ३ सय १५ पिस , ब्राउन सुगर १ ग्राम ७ सय ६० मिलिग्राम र नगद रुपैया २ लाख ५३ हजार ७ सय ९६ सहित पक्राउ गरेको छ । सोहिदिन वडा प्रहरी कार्यालय धरानले धरान उप महानगरपालिका १५ स्थितबाट धनुषा जनकपुर घर भई हाल सुनसरी धरान १५ लक्ष्मन मार्ग स्थितमा डेरा लिई बस्ने २५ वर्षीय राहुल शाह र निजकै श्रीमती २४ वर्षीया लक्ष्मी राईको कोठाबाट ट्रामाडोल ५ हजार ५० क्याप्सुल, र धरान १७ सियोन मार्ग स्थितमा डेरा लिई बस्ने ४० वर्षीया ममता भगतको कोठा बाट ट्रामाडोल, २० स्पास्पेन, गरी ६ हजार २ सय ८५ चक्की औषधी सहित पक्राउ गरेको छ ।