करेन्ट लागेर १ कामदारको मृत्यु

 

,वैशाख २० गते

ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ स्थितमा करेन्ट लागेर १ जना कामदारको मृत्यु भएको छ । वैशाख १९ गते बिहान ताप्लेजुङ मेरिङदेन ३ खाम्लुङ स्थितमा रहेको युनाईटेड हाईड्रोपावर अन्तर्गत रामेछाप कन्ट्रकसनको आउटलेट साईडप्लान्टमा काम गर्ने ईलामको माई नगरपालिका १ बतासे का २४ वर्षीय खगेन्द्र राईले हाईड्रोपावरको लेबर क्याम्प बनाउने क्रममा अचानक फलामको रड तिन फेजमा टाँसिएर करेन्ट लाग्दा घाईते भएका थिए । घाईते उनलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ लगिएकोमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेको हो ।