
लागूऔषध ब्राउन सुगर सहित २१ जना पक्राउ
विराटनगर,जेष्ठ ३ गते ।
झापा र मोरङको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर सहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ०२ गते मोरङ रतुवामाइ नगरपालिका २ स्थितबाट लागु औषध नियन्त्रण व्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय डोरिया र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा विभिनन मानिसहरुलाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा मोरङ रतुबामाई ८ का ३३ वर्षीय नबिन नेपाली को साथबाट २ ग्राम ५०० मिलिग्राम, रतुवाम ९ का २५ वर्षीय मनिस राई र ३३ वर्षीय डिकेन्द्र तामाङको साथबाट ७ ग्राम ४ सय ३० मिलिग्राम, मोरङ पथरी शनिश्चरे २ का ३१ वर्षीय बुद्दिराज राई र ३० वर्षीय सुर्य बि।कको साथबाट ४ ग्राम ७ सय ५० मिलिग्राम फेला परेको थियो ।
मोरङको कानेपोखरी ७ क ३८ वर्षीय जोनी राईको साथबाट २ ग्राम ६ सय १०मिलिग्राम, १९ वर्षीय अशोक कटुवाल र लेटाङ ६ का ३२ वर्षीय सनम राईको साथबाट ४ ग्राम ३ सय २० मिलिग्राम, उर्लाबारी २ का ३३ वर्षीय मिलन ढकाल र ३३ वर्षीय मुकुन्द दुलालको साथबाट ४ ग्राम ६ सय ९० मिलिग्राम, झापा गौरादह ८ का २३ वर्षीय ओम नारायण ताजपुरियाको साथबाट १ ग्राम २ सय ७० मिलिग्राम, झापा कमल गाँउपालिका २ का २७ वर्षीय समिर न्यौपाने र २७ वर्षीय निरज सुब्बाको साथबाट १ ग्राम ३ सय ६० मिलिग्राम, कमल गाँउपालिका ४ का ३०वर्षीय इन्द्र लिम्बु र ३६ वर्षीय सुमन राईको साथबाट २ ग्राम ८ सय ९० मिलिग्राम फेला परेको थियो । झापा दमक ५ का २२ वर्षीय आशिष कुमार साह र २८ वर्षीय निरज सुबेदीको साथबाट ३ ग्राम ७ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
भने सोहीदिन उर्लाबारी नगरपालिका ४ स्थितमा इलाका प्रहरी कार्यालय उर्लाबारीले सोहि स्थान कि ४९ वर्षीया लिला कुमारी थारु र उनको छोरा २५ वर्षीय रंजित धामि थारु र २४ वर्षीय प्रबिन धामि थारुलाई ब्राउन सुगर २ ग्राम ९ सय ६० मिलिग्राम, बिभिन्न सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी झापा बिर्तामोड ५ स्थितबाट लागू औषध व्यूरो काँकडभिट्टा टोलिले झापा मेचिनगर १० का २३ वर्षीय अंकित खरेललाई १ ग्राम ७ सय २० मिलिग्राम र निषेधित औषधी ९ क्याप्सुल सहित पक्राउ गरेको छ ।