विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण

विराटनगर, जेष्ठ ०७ गते ।

नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएको छ । वहाँले मिति २०८२ साल जेष्ठ ०५ गते बिहान ०८५६ बजेको समयमा सर्वोच्च शिखर सगरमाथामा आरोहण गर्नु भई नेपाल र नेपाल प्रहरीको झण्डा फहराउन सफल हुनु भएको थियो । सर्वोच्च शिखर सफतापुर्वक आरोहण गर्नु हुने शेर्पालाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले हार्दिक वधाई तथा सफलताको शुभकामना व्यक्त गर्नु भएको छ । आरोहण पश्चात जेष्ट ६ गते वेस क्याम्प आई पुग्नु भएकि शेर्पालाई कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट इलाका प्रहरी कार्यालय नाम्चेले हार्दिक वधाई सहित स्वागत गरेको छ । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकुण्ड गाउँपालिका(९ घर भएकि शेर्पा हाल नेपाल प्रहरी प्रधान कार्यालय साईवर व्यूरोमा कार्यरत हुनुहुन्छ ।