
पर्यटक सवारीसुरक्ष जाँच केन्द्र विराटनगर बैशाख महिनाको मासिक जाहेरीरानीवाट वैशाख महिनामा ३ हजार ९ सय २९ जना भारतीय पर्यटक विराटनगर प्रवेश गरेका छन । पर्यटन वर्ष २०८२ सालको अवसरमा कोशी प्रदेशले भरतीय पर्यटकलाई वढी वन्दा वढी पर्यटक भित्रियाउनको निम्ति २०८१ साल चैत्र २९ गतेवाट कोशी प्रदेशका मुख्य मन्त्री हिकमत कुमार कार्कीले भारतीय पर्यटकको सवारी साधनमा स्ट्रिकर टासेर अस्थिायी सुरक्षा जाँच केन्द्र रानीको उदघाटन गरेको थियो । सोही दिन देखी भारतीय पर्यटकलाई सुविधा दिने उदेश्यले यो कार्यक्रम ल्याएको हो । यस भन्दा पहिले नेपालमा भारतीय पर्यटक भारतीय नम्वर प्लेटको सवारी साधनलाई हेर्ने वितिकै नेपाल प्रहरी र ट्राफीक प्रहरीले विना कारण सानो तिनो गल्तीको कारणले ठाउँठाउँमा ५ सय देखि १ हजार सम्म जरिवना गर्ने र जरिवना नगरेमा पोकेट खर्च मागेर हैरान गरेको गुनासो आए पछि मन्त्रालयले यस्तो कार्यक्रम ल्याएको हो ।
यो कार्यक्रम आएको मिति देखि भारतीय पर्यटकहरु धेरैनै खुश िभएका छन । यायायात व्यवस्था कार्यालय मोरङले अस्थायी रुट इजाजत पत्र पटके केन्द्र रानीमा यातायत कार्यालयका २ जना कर्मचारी छन भने पर्यटक सहायता प्रहरी ३ जना र १ जना ट्राफीक प्रहरी परिचालीत छन । यस कार्यलयले वैशाख महिनामा ३ हजार ९ सय २९ जना भारतीय पर्यटक दर्ता भई विराटनगर प्रवेश गरेका छन । जसमा पुरु पर्यटक ३ हजार ४३ जना , महिला पर्यटक ५ सय २ जना , वालक १ सय ४७ जना , र वालक १ सय ४ जना उतm वाटो भएर नेपाल प्रवेश गरेका छन । विराटनगरको रानी नाकावाट वैशाख महिनामा मात्र कार १ हजार ६ सय ३२ वटा सवारी साधन नेपाल प्रवेश गरेको रेकडमा देखिन्छ । उतm कारले वैशाख महिनामा ८ लाख १६ हजार राजश्व वुझाएको देखिन्छ । कारले ५ सय तिर्नु पर्छ । त्यसैगरी वैशाख महिनामा २६ वटा वस नेपाल रानी नाकावाट नेपाल प्रवेश गरेका सुरक्ष जाचँ केन्द्रको रेकडमा देखिन्छ ।
उतm वसले वैशाख महिनामा ३९ हजार राजश्व वुझाएका छ । वसले १५ सय रुपैया राजश्व वुझाउनु पर्ने हुन्छ । प्रदेश सरकारले मोटरसाईकललाई अस्थायी रट इजाजत पत्रमा रोक लगाएको छ । भारतीय मोटर साइकलले नेपालमा अपराधीक गतिविधीमा प्रयोग हुनेगरेकोले रोक लगाएको हन सक्ने केनद्र कर्मचारीहरुको वुझाई रहेको छ । यसरी एक महिनामा ८ लाख ५७ हजार राजश्व उठेको छ । यसरी रानी नाकामा कर्मचारीले भारती नम्वर प्लेटको सवारी साधनमा स्ट्रिक टासेपछी देशभरीको कुनै पनी प्रहरीले कर असुल गर्ने छैन ।