सवारी दुर्घटनाबाट मोटरसाईकल चालकको मृत्यु

 

विराटनगर , जेठ २२ गते ।

झापाको दमक नगरपालिका ७ पशुहाट डाँडा स्थित पूर्व पश्चिम लोकमार्गमा बस र मोटरसाईकल आपसमा ठक्कर लागी दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । जेठ २१ गते राती मे .१ ख ३०२७ नम्बरको बस र बिपरीत दिशाबाट आउदै गरेको प्रदेश १–०२–०५२ प. २२११ नम्बरको मोटरसाइकल ठक्कर लाग्दा घाईते भएका मोटरसाईकल चालक दमक–४ का ३६ बर्षीय मिलन थापाको उपचारको क्रममा आर्या न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो । बस र बस चालक झापाको गौरादह नगरपालिका–४ का ३२ बर्षीय सरकार टुडुलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।