
ताप्लेजुङ र पाँचथरबाट हिजो प्रहरीले लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका ४ स्थित लागू औषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३३३ मिलिग्राम ब्राउन सुगर सहित फुङलिङ नगरपालिका ११ का २१ बर्षीय रोमन विश्वकर्मा, सिन्धुली दुधौली १० का २७ बर्षीय देव बहादुर बि।क, फक्तालुङ गाऊपालिका ३ का ३२ बर्षीय मन्दिप लिम्बु र भारतीय नागरिक मनोज साहलाई पक्राउ गरेको छ । त्यसैगरी पाँचथरको फिदिम नगरपालिका ४ बाट ५३० मिलिग्राम ब्राउन सुगर सहित फिदिम नगरपालिका १ का ३० बर्षीय सागर लिम्बु र झापा बिर्तामोड घर भई हाल सोहि स्थान बस्दै आएका ३४ बर्षीय रोहित न्यौपानेलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।