
विराटनगर । हालै नेपाल सरकारले आर्थीक वर्ष २०८२–०८३ को वजेटमा सुनचाँदी तथा हिरा –पत्थरका गरगहनामा कर वढी लगाएकोले मोरङका व्यवसायहिरु आन्दोलनमा उतरेका छन । सरकारले यसभन्दा पहिले १० लाख भन्दा माथीका गरगहनामा मात्र करलगाएको थियो भने यस वर्ष देखि २ प्रतिसत विलासिता कर लगाएके छ भने १३ प्रतिसत भ्याट मूल्य अभिवृद्धि कर लगाएको छ । सरकारले नेपालमा सुनचाँदीमा कर लगाए पछि सुन चाँदी चोरी तस्करी हुने वाटो सरकारले खोली लिएको छ । भारतमा कर कम छ भने नेपालमा वढी छ । भारत र नेपालको वजारमा एक तोला सुनमा ८ हजारको मूलय फरक पर्न जान्छ । सरकारले कर वढाउदा जनताकै टाउकोमा कर थपनी छ भन्ने कुरा मोरङका अध्यक्ष शशी ुषण शाहले वताए । सुन चाँदी व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाएका छन । ज्ञापन पत्रमा भनिएको छ हाल सवै प्रकारको सुन तथा गहनामा लागु गरिएको विलासिताको कर र हिरा जवाहर जडित गहनामा लागु गरिएको मूलय अभिवृद्धि कर भ्याट तत्काल पुर्नविचार गरीयोस । चाडोभन्दा चाडो सुनचाँदी सम्वन्धी ऐन तथा नितिहरु निर्माण गरियोस ।कर संरचना परिवर्तन गर्नु पुर्व मौजुदा व्यवसायी , रोजगारी तथा वजारमा पर्ने दुर्गगामी प्रभावहरुको विस्तृत अध्ययन गरियोस र करको दायरा नवढाइयोस । निर्यात ढुवानीमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गरियो जस्ता माग राखेर मोरङका सुनचाँदी व्यवसायीहरु सडकमा आन्दोलनमा आएका छ ।