मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर, असार २५ गते ।
उदयपुरको बेलका नगरपालिका ८ स्थितमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना चालकको मृत्यु भएको छ । असार २४ गते साँझ को .३८ प ९८७ नम्बरको
मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मोरङको टंकी सिनुवारी २ का ३२ बर्षीय अनिल राजबंशी र पछाडि सवार भोजपुरको षडानन्द ७ दिङ्ला की १८ बर्षीया तुलशा कार्की घाईते भएकोमा अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारकोलागी बिराट टिचिङ अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा राजबंशीको मृत्यु भएको हो ।