“३१५० के।जी। अबैध लागू औषध गाँजा सहित ट्रक बरामद”

मिति २०८२।०३।२९ अं ३५ बजे जिल्ला मोरङ कटहरी गाउँपालिक वडा नं।०३ कटहरी चोक स्थितमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उत्तरबाट
दक्षिणतर्फ जादै गरेको को १ ख ४५१८ नं को सेतो रङको ट्रकमा रहेको चालक प्रहरीलाई देख्ना साथ ट्रक सोही स्थानमा छाडीफरार भएकोमा उक्त ट्रकलाई
चेकजाँच गर्दा बाहिरबाट बन्दाकोवी लोड गरिएको अवस्थामा लागू औषध गाँजा १०५ बोरा ३१५० के .जी .फेला पारी ट्रक सहित लागू औषध गाँजा बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई ट्रक चालकको खोजतलास तथा थप अनुसन्धान कार्य भइरहेको छ । पक्राउ परेको सामानको विवरण अबैध लागू औषध गाँजा ३१५० के .जी. को .१ ख ४५१८ नं को सेतो रङको ट्रक थान . १