टिपरको ठक्करबाट १ जनाको मृत्यु

झापा, असार ३० गते ।
झापाको दमक नगरपालिका( ३ स्थितमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । असार २९ गते दिउँसो १२ बजे मे। १ ख २८८४ नम्बरको टिपरले मे। ११ प ५४५३ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुदा स्कुटरको पछाडि सवार सोहि स्थानकी ५६ बर्षीया लक्ष्मी गौतमको घटना स्थलमा नै मृत्यु भएको हो । ठक्कर दिने टिपर चालक बिर्तामोड नगरपालिका(२ का ४६ बर्षीय तोयानाथ विश्वकर्मालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।