करेन्ट लागेर १ जनाको मृत्यु

झापा, असार ३० गते ।
झापाको बिर्तामोड नगरपालिका १० स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ५३ बर्षीय पुष्प पोखरेल रहेका छन् । असार २९ गते साँझ ८ बजे आफ्नै निर्माणधिन घरमा पानी लगाउनको लागि मोटर जोड्ने क्रममा अचानक करेन्ट लागि घाईते भएकोमा उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।