करेन्ट लागेर १ जनाको मृत्यु

खोटाङ, असार ३१ गते ।
खोटाङको बारापोखरी गाउँपालिका ४ की २५ बर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ । असार ३० गते बेलुका साढे ९ बजे मोबाईल चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा राईको घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा
जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान तथा कानुनी प्रकृया गरीरहेको छ ।