
सुनसरी, साउन ०४ गते ।
सुनसरीको ईनरुवा नगरपालिका ७ स्थित भित्री सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा सोहि स्थानका ३५ बर्षीय पारस यादवको मृत्यु भएको छ । साउन ०३ गते राती साढे १० बजे को .३४ प ५१६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक पारस यादव र पछाडि सवार ३५ बर्षीय रबि सरदार घाईते भई उपचारको लागि इनरुवा अस्पताल लैजाने क्रममा पारस यादको बाटोमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट आवश्यक थप अनुसन्धान भईरहेको छ ।