कोशी प्रदेशमा ६४ हजार मानिसले रोजगार पाएका छन

सत्यनारायण शर्मा
आर्थीक वर्ष २०८१–२०८२ सालमा समाजिक सुरक्षाको कार्यालयको रेकड अनुसार कोशी प्रदेशमा ६४ हजार मानिसले रोजगार पाएको अवस्था छ । नेपाल सरकारको नियम अनुसार औषधि , उपचार,स्वास्थय तथा मातृत्व योजना अन्तरगत ११ ह्जार ६ सय ८१ जनाले दावी गरेका थिए जसमा सरकारले श्रमिकलाई २ अर्व १४ करोड ९३ लाख १३ हजार ७ सय ६८ रुपैयाँ राज्यले उपलव्ध गराएको छ । त्यसैगरी दुर्घटन तथा अशक्ता सुरक्षा योजना अन्तरगत सरकारले समाजिक सुरक्षा कोष मार्फत ५ जार ९ सय २९ जना कामदारले दावी गरेका थिए । जसमा कामदार २० करोड ६८ लाख ४५ हजार ८ सय ४८ रुपैयाँ राज्यले वितरन गरेको छ ।

त्यसैगरी आश्रित परिवार सुरक्षा योजना अन्तरगत ७४५ जना कामदारले २८ हजार ५ सय १३ पटक दावी गर्दा सुरक्षाकोष कार्यालय विराटनगरले २६ करोड ९० लाख ५ हजार ७२ रुपैयाँ भुक्तानी गरेको छ । वृद्ध अवस्था सुरक्षा योजना अन्तरगत १ लाख १२ हजार ८ सय ६८ जना कामदारले १ लाख २१ हजार १ सय ३ पटक दावी भुक्तानी माग गर्दा राज्यले १३ अर्व, १३ करोड, ५९ लाख, ९१ हजार, ३ सय ,४३ रुपैयाँ भुक्तानी गरेको कुरा समाजिक सुरक्षा कार्यालय विराटनगरका प्रमुख दिपक राज भट्टले वताउनु भयो । नेपाल सरकारले यो आर्थीक वर्षमा जम्मा १५ अर्व ७५ करोड रुपैयाँ कामदार मजदुरलाई भुक्तानी गरेको छ । कोशी प्रदेशमा २ हजार२ सय ५३ वटा रोजगारदाताहरु रहेका छन । यी रोजगारदाताहरुले ६४ हजार १ सय६१ जनालाई प्रतयक्ष रुपमा रोजगार दिएको अवस्था छन । मधेश प्रदेशमा १ हजार १ सय २५ वटा रोजगारदाताहरु रहेका छन ।

मधेश प्रदेशमा यी रोजगारदाताहरुले २९ हजार ७ सय ६६ जनालाई रोजगार प्रद्धान गरेको छ । वागमती प्रदेशमा १४ हजार १ सय ८३ वटा रोजगारदाताहरु रहेको छ । जसले वागमती प्रदेशमा ४ लाख ५८ हजार ८ सय १ जनालाई रोगार दिएको छ । गण्डकी प्रदेशमा १ हजार ८३ वटा रोजगारदाताहरु रहेको छ जसले उतm प्रदेशमा २५ हजार ४ सय २६ जनालाई रोजगार प्रदान गरेको छ । लुमिवनी प्रदेशमा १ हजार ७ सय ३२ वटा रोजगारदाताहरु रहेका छन जसले उतm प्रदेशमा २१ हजार ५ सय ७१ जनालाई प्रत्यक्ष रोजगार दिएको छ ।

कर्णली प्रदेशमा २ सय ८४ वटा रोजगारदाताहरु रहेको छ जसले २ हजार ३ सय ८५ जनालाई रोजगार दिएको छ । सुदुर पश्चिम प्रदेशमा ३ सय १२ वटा रोजगारदातहरु रहेका छन भने उनीहरुले सो प्रदेशमा ३ हजार ७५ जनालाई रोजगार प्रदान गरेको छ । देश भरीमा २० हजार ९ सय ७२ वटा रोजगारदातहरु रहेको छ । यी रोजगारदाताहरुले देशभरीमा ६ लाख २ हजार १ सय ८५ जनालाई रोजगार दिएको प्रद्धान गरेको छ । वैदेशीक रोजगारमा २३ लाख ७९ हजार ५ सय ८५ जना रोजगारको शिलसिलामा विदेश गएका छन ।