
एक वर्षमा भारतबाट १२ अर्ब बराबरको ८५ प्रकारका खाद्यान्न, फलफूल र तरकारी आयात
सत्यनारायण शर्मा
विराटनगर ।
आर्थिक वर्ष २०८१/८२ मा विराटनगर रानी भन्सार नाकाबाट भारतबाट १२ अर्ब ५४ करोड ३५ लाख १४ हजार रुपैयाँ बराबरको ८५ प्रकारका खाद्यान्न, फलफूल र तरकारी नेपाल आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख नन्दकिशोर सिंहले जानकारी दिए।
भारतबाट यस वर्ष निम्न वस्तुहरूको उल्लेख्य मात्रामा आयात भएको छः
-
धान – १ अर्ब ३७ करोड ९१ लाख
-
मकै – १ अर्ब ७१ करोड ९२ लाख
-
चामल – ६२ करोड ३५ लाख ३२ हजार
-
कोदो – ८ करोड ६४ लाख
-
आलु – ४१ करोड ६२ लाख ३६ हजार
-
प्याज – २५ करोड ४४ लाख ५८ हजार
-
स्याउ – १ अर्ब ७८ करोड ३७ लाख १२ हजार
-
तोरी – १ अर्ब १६ करोड ३१ लाख ३२ हजार
-
पानको पात – १३ करोड ४४ लाख
-
मेथी – २ करोड ४९ लाख
-
सुन्तला – १ करोड ११ लाख २ हजार
-
जीरा – १ करोड ८५ लाख २० हजार
-
मसाला – ६० लाख
-
कागती – १ करोड ७९ लाख ७६ हजार
-
सुख्खा खुर्सानी – १ करोड २८ लाख ६४ हजार
-
मरिच – ५ करोड ८६ लाख ८५ हजार
-
तोरी पिना – ८ करोड ६२ लाख २६ हजार
-
मसुरो – ७४ करोड ८८ लाख ३६ हजार
-
सोया ग्रिट – १ अर्ब ३३ करोड ९८ लाख
-
इमली – ३ करोड ३८ लाख ४ हजार
-
पपकर्न – ४४ करोड ८९ लाख ४७ हजार
-
मुमफली – ३ करोड १४ लाख ९६ हजार
-
तील – १ करोड ६० लाख ८ हजार
-
वेसार – ६९ लाख ३६ हजार
-
लसुन – ८ करोड ८२ लाख
अन्य वस्तुहरूमा:
-
नस्पाती – ४ करोड ४६ लाख ६० हजार
-
जौ – २१ लाख ८५ हजार
-
बदाम – ३ करोड २८ लाख ३२ हजार
-
वोडी – ३ करोड १० लाख ४० हजार
-
रहर – ७ लाख ८४ हजार
-
चना – २७ करोड ६२ लाख ६२ हजार
-
राजमा – १ करोड ५८ लाख ४० हजार
-
गहुँ – ४ करोड ३९ लाख ४५ हजार
-
धानको चोकर – १ लाख ८० हजार
-
चामल कनिका – ५ करोड २९ लाख ३८ हजार
-
अनार – २ करोड २६ लाख २४ हजार
-
पुष्प विरुवा – ७ लाख २० हजार
-
गहुँको चोकर – १ करोड ८९ लाख ७६ हजार
-
धनिया – ११ करोड ७२ लाख ४८ हजार
-
सौफ – २६ लाख ८८ हजार
-
मुंग – ३ करोड ५१ लाख ३३ हजार
-
कच्चा काजु – ३ करोड ७८ लाख
-
टमाटर – १ करोड २४ लाख ५ हजार
-
मकै बीउ – २ करोड ७६ लाख ४८ हजार
-
आलस – १६ लाख ८० हजार
-
ज्वानो – ४१ लाख ८५ हजार
-
अलेची बोक्रा – १ करोड ३३ लाख ७६ हजार
-
मकै ग्लुटिन – १७ करोड ९१ लाख ३६ हजार
-
हरियो खुर्सानी – ६ लाख २४ हजार
-
मास दाल – ६ करोड ७५ लाख
-
सुपारी – ९ करोड ७३ लाख ८ हजार
-
अंगुर – २ करोड १४ लाख
-
नास्पाती – १ करोड ८१ लाख ६० हजार
-
आँप – ८ लाख १६ हजार
-
तरबुजा – १ करोड १२ लाख ८ हजार
-
धानको बीउ – २८ करोड ४६ लाख २२ हजार
यसरी, एक वर्षको अवधिमा कुल १२ अर्ब ५४ करोड ३५ लाख १४ हजार रुपैयाँ बराबरको वस्तु भारतबाट नेपाल भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख सिंहले जानकारी दिए।