कोशी प्रदेशमा विद्युत ट्रान्सफर्मर चोरी: तीन जिल्ला प्रभावित, लाखौंको क्षति

सत्यनारायण शर्मा

विराटनगर, साउन 20 गते — कोशी प्रदेश अन्तर्गत मोरङ, सुनसरी र झापा जिल्लामा पछिल्ला केही महिनादेखि विद्युत ट्रान्सफर्मर चोरीका घटना तीव्र रूपमा भइरहेका छन्। २०८१ सालको माघ १५ गतेदेखि सुरु भएका यी घटनाहरू हालसम्म झन्डै दुई करोड रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनाको सिलसिला

  • मोरङमा ८ स्थान

  • सुनसरीमा १२ स्थान

  • झापामा २ स्थानमा विभिन्न मितिमा ट्रान्सफर्मर चोरी भएका छन्।

साउन ९ गते मोरङको रंगेली नगरपालिका–९, इटाभट्टा टोलमा अवस्थित खानेपानी आयोजनाको ट्रान्सफर्मर छेउमा शंकास्पद अवस्थामा २ वटा मोटरसाइकलमा आएका तीन जना मानिस प्रहरी देखेपछि भागे। प्रहरीले तीमध्ये एक जनालाई ट्रान्सफर्मर पोलमा चढिरहेको अवस्थामा नियन्त्रणमा लिन सफल भयो।

प्रहरी अनुसन्धान र टोली परिचालन

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको समन्वयमा मोरङ, सुनसरी र झापाका जिल्ला प्रहरी कार्यालयहरूले ३५ जना सादा पोशाकका प्रहरी परिचालन गरी अनुसन्धान सुरु गरेका छन्। अनुसन्धानको सिलसिलामा चोरीमा संलग्न ७ जना र चोरीको सामग्री किन्ने ७ जना गरी जम्मा १४ जना पक्राउ परेका छन्।


पक्राउ परेका अभियुक्तहरू

चोरीमा संलग्न:

  1. अर्जुन कुमार माझी (वर्ष ४२), ग्रामथान गापा–४, मोरङ

  2. इरज धामी (वर्ष ३१), ग्रामथान गापा–५, मोरङ

  3. अनुज विश्वास (वर्ष ३५), दुहबी नपा–३, सुनसरी

  4. अर्जुन चौधरी (वर्ष २६), बेलबारी नपा–४, मोरङ

  5. आलम मियाँ (वर्ष ३४), मूल घर भारत, हाल दुहबी नपा–४, सुनसरी

  6. रञ्जित तामाङ (वर्ष २७), बेलबारी नपा–३, मोरङ

  7. प्रयाग कुमार खाँ चौधरी (वर्ष ३९), दुहबी नपा–२, सुनसरी

चोरीको सामग्री किन्ने:

  1. लक्ष्य प्रधान ( वर्ष ५३), विराटनगर मनपा–३

  2. कृष्ण गोपाल ताम्राकार ( वर्ष ६२), विराटनगर मनपा–६

  3. योगेश अग्रवाल (वर्ष ३२), दुहबी नपा–३

  4. कपिल भट्ट (वर्ष ३१), दुहबी नपा–२

  5. सिताराम राई (३९), इटहरी उप–४

  6. अजय कुमार साह (वर्ष ४४), विराटनगर मनपा–६

  7. दिलीप चौधरी, इटहरी उप–अपरिचित ठेगाना


बरामद सामग्री

चोरीमा प्रयोग गरिएका औजारहरू:

  • डायल रेञ्च (२२), सलाई रेञ्च ( ३), पिलास (३), पेचकस (३), ह्याक्सो ब्लेड (३), इलेक्ट्रिक ग्राइन्डर सेट (१) आदि।

सवारी साधनहरू:

  • ५ वटा मोटरसाइकल र १ वटा पिकअप गाडी।

मोबाइल:

  • कुल १२ थान मोबाइल।

तामाको तार:

  • जम्मा ३६८.५ के.जि. विभिन्न स्थानबाट बरामद गरिएको, जसमध्ये सबैभन्दा धेरै दिलीप कबाडी (१२० के.जि.) र बिनय शाहको मेटल फ्याक्ट्रीबाट (११५ के.जि.) फेला परेको हो।